बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

२६ सय निमावि शिक्षकका लागि आवेदन आह्वान, अनलाइनमार्फत आवेदन भर्न सकिने


  • 2.2K
    SHARES
  • https://indrenipost.com/posts/2548
    पुष ७, २०७८ बुधबार
    २६ सय निमावि शिक्षकका लागि आवेदन आह्वान, अनलाइनमार्फत आवेदन भर्न सकिने

    काठमाण्डौ । शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ । आयोगले आज सूचना निकालेर निमावि तृतीय श्रेणीका लागि  दुई हजार पाँच सय ९८ जना शिक्षकका लागि आवेदन माग गरेको हो ।

    नेपाली विषयका लागि ४ सय ३७, अंग्रेजी विषयका लागि ६ सय २४, गणितमा ३ सय ७१, विज्ञानमा ४ सय ४०, सामाजिक अध्ययनमा ३ सय ५३, शुक्लयर्वेदमा एक, गणित–विज्ञानमा ३ सय ६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै विज्ञापन खुलाएको हो ।

    इच्छुक उम्मेदवारले आउँदो माघ महिनाको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

    १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् । परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ । सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन् । आवेदनका लागि आयोगको वेबसाइटमा गएर अनलाइन फारमसमेत भर्न सकिने सूचनामा उल्लेख छ । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij