बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

त्रिविका उच्च कर्मचारी नै माओवादी केन्द्रका नेता


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/2589
    पुष ११, २०७८ आइतबार
    त्रिविका उच्च कर्मचारी नै माओवादी केन्द्रका नेता

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । 

    त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन् ।

    त्रिविका शिक्षक र कर्मचारीको अध्ययन वा कुनै बिदा बस्दा स्वीकृत गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका निमित्त प्रमुख तिवारीलाई प्रदेश कमिटीको सदस्य भएपछि फेसबुकमै बधाई दिइएको छ ।

    दलका कार्यकर्ता भएका शिक्षक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी सहितको सूचना जारी गरेपछि राजनीतिमा लागेका शिक्षक र कर्मचारीले दुईमध्ये एक क्षेत्रबाट राजीनामा दिनुपर्ने हुन्छ । महाशाखा प्रमुख तिवारीले आफूले पार्टीबाट असोजमै राजीनामा दिएको बताएका थिए ।

    तर, उनलाई मंसिरमा बधाई दिएका थिए । तिवारीले नेपाल भने, ‘मैले त प्रदेश कमिटीको निर्वाचन हुनुअघि नै राजीनामा दिइसकेको छु । म त्रिविको कर्मचारी हुँ पार्टीमा आबद्ध छैन । उनले पार्टीलाई दिएको राजीनामाबारे जानकारी गराउने बताएका थिए । 

    स्रोतका अनुसार पार्टीको जिम्मेवारीबाट उनले राजीनामा दिएका छैन । यसअघि सरस्वती बहुमसखी क्याम्पसका उपप्रध्यापक प्रमोदहरी गुरागाईंले पदबाट राजीनामा दिएका छन् । यो समाचार नेपाल समाचारपत्रमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij