काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार ४९८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।
उक्त अवधिमा नौ हजार ७०० जनाको पीसीआर परीक्षण गरिएकोमा २९१ जनाको रिपोर्ट ुपोजिटिभु आएको थियो ।
यस्तै एन्टिजेन विधिमार्फत् दुई हजार ७९८ जनाको परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उक्त अवधिमा २५५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या पाँच हजार पाँच जना रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।