जनकपुरधाम । प्रदेश २ मा शीतलहरसँगै चलेको पश्चिमी हावाका कारण बढेको चिसो थेग्न नसक्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको पनि मृत्यु भएको छ ।
यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठाकुरको घरमै मृत्यु भएको हो । शीतलहर चलेसँगै बढेको चिसोले एक दिनमै प्रदेश २ का तीन जिल्लामा तीनजनाको मृत्यु भएको हो ।
सप्तरीका प्रजिअ दनार्दन गौतमले ‘शीतलहरमा बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, बाढीबाट प्रभावित भई हालसम्म पुनस्र्थापना हुन नसकेका परिवारलाई प्रत्यक्ष प्रभाव पर्न सक्ने हुँदा आवश्यक स्रोतसाधनको प्रबन्ध गर्ने’ भनेका छन् ।