आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

उपत्यकाको अस्तव्यस्त यातायातलाई व्यवस्थित बनाउने निर्णायक छलफल


  • 253
    SHARES
  • https://indrenipost.com/posts/9714
    साउन १८, २०८२ आइतबार
    उपत्यकाको अस्तव्यस्त यातायातलाई व्यवस्थित बनाउने निर्णायक छलफल

    काठमाडौँ, १८ साउन — काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन सुधार गर्न अब निर्णायक कदम चाल्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । आज ललितपुरमा आयोजित काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कनसम्बन्धी बैठक मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उपत्यका नेपालको आर्थिक, प्रशासनिक र सांस्कृतिक केन्द्र भएकाले यहाँको यातायात प्रणाली व्यवस्थित, सुरक्षित र सुविधायुक्त बनाउनु अनिवार्य भएको बताएका छन ।
    मन्त्री दाहालका अनुसार सन् २०१२ मा तयार गरिएको र २०१७ मा अद्यावधिक गरिएको गुरुयोजना कार्यान्वयनको कमजोरीका कारण आज उपत्यकामा ट्राफिक जाम, वायुप्रदूषण र ढिलासुस्तीले व्यापक समस्या निम्त्याएको छ। उनले बढ्दो सवारी चाप, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारलाई प्रमुख चुनौतीको रूपमा औँल्याएका छन ।
    “यदि हामीले अहिले पनि निर्णायक कदम नचाल्ने हो भने, अवस्था थप बिग्रनेछ, जसले उपत्यकाको वातावरण प्रतिकूल हुने र दिगोपनलाई खतरामा पार्नेछ,” मन्त्री दाहालले चेतावनी दिए । उनले दीर्घकालीन समाधान खोज्ने यो परियोजनालाई अन्तिम अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन ।
    कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले यातायात व्यवस्थापनमा समन्वय र सहयोग गर्न मन्त्रालय सधैं तयार रहेको प्रतिबद्धता जनाए । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले दिगो, सुरक्षित र समावेशी यातायात प्रणालीको आवश्यकता औँल्याउँदै बहुपक्षीय समन्वय अपरिहार्य भएको बताएका छन ।
    बैठकमा सहभागी विभिन्न सरोकार निकायका विज्ञहरूले आफ्नो अवधारणापत्र प्रस्तुत गर्दै उपत्यकाको यातायात व्यवस्थापनमा शीघ्र सुधार आवश्यक रहेकोमा जोड दिएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij