बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

कोरोनाको तेस्रो लहरको जोखिम : ओमिक्रोन संक्रमण बढ्यो


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/2895
    पुष २४, २०७८ शनिबार
    कोरोनाको तेस्रो लहरको जोखिम : ओमिक्रोन संक्रमण बढ्यो

    काठमाडौं । नेपालमा ओमिक्रोन संक्रमण ह्वात्तै बढेको छ । नेपालमा शुक्रबार थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर देखिएको बेला नेपालमा पनि संक्रमण दर बढेको पाइएको हो ।

    कोरोना भाइरसको डेल्टा र परिवर्तित ओमिक्रोन भेरियन्ट संक्रमित पुष्टि हुने क्रम बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीताकौशल मिश्राले एसजिन नेगेटिभ पत्ता लागेका २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिइन् ।

    मुलुकभरबाट ¥यान्डम स्याम्पलिङ विधिबाट संकलित पीसीआर तथा एन्टिजेन पोजेटिभ नमुनाहरूको परीक्षण गरिएको हो । १ हजार १ सय ४६ पोजेटिभ नमुनाको एस जिन स्क्रिनिङ गर्दा २ सय ५० वटा नमुना (२२ प्रतिशत)मा एसजिन नेगेटिभ आएको थियो । मिश्राले संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिइन् ।

    यसअघि पहिलो पटक मंसिर २० गते नेपालमा पहिलो पटक दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । त्यसपछि पुस ७ गते अर्को जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। सीमावर्ती भारतका सहरबाट गरिएको स्वाब संकलनमा कोरोना भाइरस पुष्टि हुने क्रम बढ्दो छ ।

    मन्त्रालयका अनुसार, शुक्रबार आरटी पीसीआर र एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका कोभिड—१९ फोकल पर्सन निरज बमका अनुसार, ओमिक्रोन भेरियन्टको संक्रमणको जटिलताले धेरै प्रभाव पर्छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ४१ जना छन् । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij