बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

पछिल्लो २४ घण्टामा थप ११ सय ६७ जनामा कोरोना संक्रमण


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/2924
    पुष २५, २०७८ आइतबार
    पछिल्लो २४ घण्टामा थप ११ सय ६७ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १६७ जनामा कोरोना भाइरस १९० को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन् । मन्त्रालयकी प्रवक्ता संगीता मिश्रका अनुसार पीसीआर परीक्षणमा औसतमा संक्रमणदर ९.५ प्रतिशत पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २२४ जना संक्रमित निको हुँदा २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij