आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कर्णालीका चार जिल्लामा एमाले अधिवेशन सम्पन्न


  • 3.0K
    SHARES
  • https://indrenipost.com/posts/2969
    पुष २७, २०७८ मंगलबार
    कर्णालीका चार जिल्लामा एमाले अधिवेशन सम्पन्न

    कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशका चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ । अधिवेशन सुरु भएका प्रदेशका आठ जिल्लामध्ये सल्यान, रुकुमपश्चिम, डोल्पा र जुम्लामा सहमतीय विधिबाट नेतृत्व चयन गरिएको हो ।

    एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार सल्यानमा गोविन्द पुन, रुकुमपश्चिममा नन्दराम देवकोटा, डोल्पामा शेरबहादुर बुढा र जुम्लामा शान्तिलाल महत निर्विरोध निर्वाचित भएका छन् ।

    सुर्खेत, दैलेख र जाजरकोटमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया थालिएको छ । जाजरकोटमा मतदान जारी छ । यहाँ अध्यक्ष पदमा करवीर शाही र खिमबहादुर शाहीबीच प्रतिस्पर्धा छ । 

    कालिकोटमा शनिबारबाट अधिवेशन सुरु भएकाले सहमतिबाट नेतृत्व चयनको प्रयास भइरहेको प्रदेश अध्यक्ष शाहले बताए ।  मुगुमा मङ्गलबारदेखि र हुम्लामा माघ २३ गते अधिवेशन हुने भएको छ । सुर्खेत र दैलेखमा आज बिहान मतदानको समय तोकिएको छ ।

    सुर्खेतमा सोमबार १ बजेदेखि मतदानको समय तोकिएको तर उम्मेदवारी फिर्ताको समय बढाउन दबाब परेपछि मतदानको समय सारिएको निर्वाचन समितिले जनाएको छ । संशोधित निर्वाचन तालिका अनुसार यहाँ आज बिहान ९ बजे सुर्खेत सभाहलमा मतदान सुरु हुनेछ । 

    सुर्खेतमा अध्यक्षका लागि अमृतकुमार बिसी र डण्डीप्रसाद शर्माबीच प्रतिस्पर्धा हुँदैछ । अन्य पदाधिकारी र सदस्यमा पनि बिसी र शर्माका अलग–अलग उमेदवार छन् । 

    बिसी समूहबाट उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली तथा शर्माको समूहबाट उपाध्यक्षमा ऋषि गिरी, सचिवमा रेशम राना, उपसचिवमा नेत्रलाल महतारा र टीकाराम सुवेदी छन् ।

    त्यस्तै एमाले दैलेखमा अध्यक्षका लागि रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही चुनावी प्रतिस्पर्धामा छन् । रासस

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij