आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रदेश-२ को नाम र राजधानी तोक्न मतदान जारी, दुई तिहाइ बहुमत पुग्नै मुस्किल


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/3029
    माघ ३, २०७८ सोमबार
    प्रदेश-२ को नाम र राजधानी तोक्न मतदान जारी, दुई तिहाइ बहुमत पुग्नै मुस्किल

    काठमाण्डौ । प्रदेश(२ को नामाकरण र स्थायी राजधानी तोक्नको मतदान जारी छ ।

    दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल भएपछि नाम र राजधानी तोक्ने प्रदेश २ निर्वाचन प्रक्रियामा गएको छ ।

    प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ । सत्तारुढ जसपा र माओवादी तथा विपक्षी दल लोसपाले मधेश तथा काँग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेका छन् ।

    एमाले र एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेका छन् । यस्तै राजधानीका लागि जनकपुरधाम र वीरगञ्जको प्रस्ताव दर्ता भएको छ ।

    आआफ्नो अडान राख्दै आएका कुनै पनि दलसँग दुई तिहाइ छैन । कुल १ सय ४ सांसद रहेको प्रदेशमा जसपाको ३९, कांग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीको १३, माओवादीको ८, एमालेको ८ र नेपाल सङ्घीय समाजवादी पार्टीको १ जना सांसद छन् ।

    राजधानी र नाम पारित गराउन दुई तिहाइ बहुमत अर्थात ७० सांसद चाहिन्छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij