धनुषा । राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा विपक्षी दलबाट नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन गर्ने सहमति भएको छ ।
सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेछन् ।
आज (बिहीबार) भएको सहमतिमा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन् ।
दुई पार्टीबीच गठबन्धन भएपनि यसअघि नै सत्तारुढ गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन भइसकेको छ । प्रदेश दुईमा दुई गठबन्धन बनेपनि सत्ता गठबन्धन बलियो अवस्थामा रहेको छ ।