मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

त्रिविका स्थगित परीक्षा फागुन १ देखि सुरू हुने


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/3287
    माघ २०, २०७८ बिहीबार
    त्रिविका स्थगित परीक्षा फागुन १ देखि सुरू हुने

    कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित गरेका विभिन्न संकायका परीक्षाहरू फागुन १ गतेदेखि सुरू गर्ने भएको छ ।

    त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज सूचना निकालेर परीक्षाको तालिका प्रकाशित गरेको छ ।

    विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ चार वर्षे वीएस्सी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ देखि हुनेछन् ।

    साथै वार्षिक परीक्षा प्रणालीअनुसार ३ वर्षे एलएलवी तेस्रो वर्ष नियमित परीक्षा पनि फागुन १ देखि सुरू हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    विभिन्न संकायका परीक्षा तालिका र परीक्षा केन्द्रहरू कार्यालयले वेबसाइटमै राखेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij