सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

सी चीनफिङले बेइजिङमा २१ देशका नेतालाई स्वागत गर्दै, नेपालका नेता पनि सहभागी होलान् ?


  • 3.3K
    SHARES
  • https://indrenipost.com/posts/3313
    माघ २०, २०७८ बिहीबार
    सी चीनफिङले बेइजिङमा २१ देशका नेतालाई स्वागत गर्दै, नेपालका नेता पनि सहभागी होलान् ?

    शुक्रबारदेखि चीनको राजधानी बेइजिङमा विन्टर ओलम्पिक सुरू हुँदैछ । सन् २००८ मा ग्रिष्मकालीन ओलम्पिक आयोजना गरेको चीनले शितकालीन ओलम्पिक आयोजना गर्दैछ ।
     
    ग्रिष्मकालीन ओलम्पिक आयोजना गर्दा संसारभरि आफूले हासिल गरेको वैभव देखाउन  चीनले धेरै देशका नेताहरूलाई निम्त्याएको थियो ।

    त्यतिबेला विश्व मञ्चमा चीनका शत्रुभन्दा धेरै मित्र र सहानुभूति राख्नेहरू थिए । त्यतिबेला तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुससहित ६८ मुलुकका नेता बेइजिङ पुगेका थिए ।

    ब्लुमवर्गका अनुसार यसपालि भने चीनले २१ देशका नेताहरूलाई मात्र बेइजिङमा निम्तो दिएको छ । संयुक्त राज्य अमेरिका र उसका सहयात्री पश्चिमा मुलुकहरूले सिन्जियाङमा उइगुरमाथि दमन भएको भन्दै मानव अधिकारको कुरा उठाएर बेइजिङ विन्टर ओलम्पिक कूटनीतिक हिसाबले बहिष्कार गर्ने भएका छन् ।

    कोरोनाभाइरसको महामारीका कारण चीनले पनि निकै प्रतिबन्धहरूका बीच विन्टर ओलम्पिक गर्न लागेको छ । कोरोना नियन्त्रणका लागि चीनले शून्य सहनशिलताको नीति अपनाएको छ। राष्ट्रपति सी चिनफिङ दुई वर्षदेखि चीन छोडेर बाहिर गएका छैनन् ।

    यो अवधिमा बेइजिङमा पनि उनले बिरलैमात्रै विदेशी नेताहरूलाई भेटेका छन् ।

    विन्टर ओलम्पिकमा सबैको ध्यान तान्ने पाहुना रूसी राष्ट्रपति भ्लादमिर पुटिन हुने भएका छन् । युक्रेनका विषयमा पछिल्लो समय पश्चिमाहरूसँग बढेको तनावका कारण संसारभरिको ध्यान अब रूसले युक्रेनमा के गर्छ भन्नेमा छ । यस्तो बेलामा अमेरिकासँग तिक्ततापूर्ण सम्बन्ध रहेको चीनका राष्ट्रपति चिनफिङसँग उनले भेट्दैछन् ।

    पुटिनबाहेक सीले केही छिमेकी, युरोपियन, अफ्रिकन र ल्याटिन अमेरिकी मुलुकका नेताहरूलाई स्वागत गर्न लागेका छन् ।

    दक्षिण एसियाबाट पाकिस्तानका नेताहरूमात्रै सहभागी हुँदैछन् । नेपालका प्रधानमन्त्रीलाई भने बेइजिङले निम्तो नै दिएको थिएन ।

    विन्टर ओलम्पिकमा यसपालि नेपाल सहभागी छैन । खेलाडी नभएका देशका नेताहरूलाई उद्घाटन समारोहमा प्रायस् निम्तो दिइन्न ।

    फेब्रुअरी २० मा सकिने विन्टर ओलम्पिकमा विश्वभरका ९१ देशले भाग लिँदैछन् । जसमा ७ खेलमा प्रतिस्पर्धा हुनेछ । ७ खेलको १०९ इभेन्टसमा विश्वभरका २८ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

    कुन-कुन देशका नेतालाई छ निम्तो ?

    कम्बोडिया, इजिप्ट, कजाखस्तान, कतार, रूस, साउदी अरेबिया, ताजकिस्तान, तुर्कमिनिस्तान, उज्वेकिस्तान, युएई, पाकिस्तान, किर्गिजस्तान, अर्जेन्टिना, इक्वेइडर, लक्जेम्बर्ग, पपुवा न्युगिनी, मंगोलिया, पोल्यान्ड, मोनाको, सर्विया र सिंगापुर ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij