मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

त्रिविले फागुन १ गतेदेखि स्थगित परीक्षा र कक्षा भौतिक उपस्थितिमै सञ्चालन गर्ने


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/3564
    माघ २८, २०७८ शुक्रबार
    त्रिविले फागुन १ गतेदेखि स्थगित परीक्षा र कक्षा भौतिक उपस्थितिमै सञ्चालन गर्ने

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय त्रिविले सबै क्याम्पसलाई पर्सिदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

    त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले  रोकिएका परीक्षा र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

    क्याम्पसरविभागरस्कुलमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले स्थानीय तहको समन्वयमा तोकेको समयसीमा र स्वास्थ्य मापदण्डभित्र रही जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवम् सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको उनले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij