काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एसइईलगायत सबै तहको समयमै पठनपाठन सक्न शिक्षकहरूलाई आग्रह गरेका छन् ।
मन्त्री पौडेलले एक सूचनामार्फत शैक्षिक तालिका नियमित गर्न यस्तो आग्रह गरेका हुन् ।
‘समयमै पठनपाठन पूरा गर्न र सक्रियपूर्वक आ-आफ्ना जिम्मेवारी बहन गर्न शिक्षक,अभिभावक र विधार्थीहरूलाई विशेष अनुरोध गर्दछु,’सूचनामा भनिएको छ ।
नयाँ शैक्षिक सत्र वैशाखबाट सुरु गर्ने सरकारको योजना छ ।
तर,कोभिडका कारण यो समयसम्म पाठ्यक्रमको कोर्स नसकिने शिक्षकहरूले बताउँदै आएका छन् ।