आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

एमसीसी संशोधनबिना यथास्थितिमा समर्थन गरिँदैन, गठबन्धन पनि टुट्दैन : अध्यक्ष नेपाल


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/3570
    माघ २८, २०७८ शुक्रबार
    एमसीसी संशोधनबिना यथास्थितिमा समर्थन गरिँदैन, गठबन्धन पनि टुट्दैन : अध्यक्ष नेपाल

    वीरगन्ज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमसीसीलाई अहिलेकै यथास्थितिमा समर्थन नगरिने बताएका छन् ।  

    वीरगन्जमा शुक्रबार समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘अहिलेकै यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिदैन, यो हाम्रो प्रष्ट धारणा हो । 

    एमसीसीबारे सहमति नजुटे सत्तागठबन्धन नै टुट्ने आशंका चलिररहेका बेला सत्तागठबन्धनकै मुख्य घटक नेकपा एसका अध्यक्ष नेपालले भने, ‘एमसीसी बारेमा कुरा मिलेन भने गठबन्धन टुट्छ भन्ने आशंका पनि गरिएको छ, गठबन्धन टुटीसके पछि चुनावमासंगै नजाने पो हो कि ? भन्ने प्रश्न पनि उठेको छ, तर यी सबै चुनौतीको सामना गर्न हामी तयार छौँ । 

    तर अहिलेका गठबन्धनका दलहरु एक्लै चुनावमा जाँदा आफ्नो हैसियत के हुने भन्ने विषयमा जानकार रहेको पनि उनले बताए ।

    त्यस कारण सत्तागठबन्धनका दलहरु एमसीसीबारे कसरी निष्कर्षमा पुग्ने बोरमा छलफलमा रहेको भन्दै नेपालले भने, ‘हेरौ अब के हुन्छ ? तर संशोधन बिना आफूहरुले एमसीसीलाई समर्थन नगरिने उनले प्रष्ट पारे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij