मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

सेनाले कृषि विज्ञान संस्थान सञ्चालन गर्ने, त्रिविसँग सम्झौता


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/3585
    माघ २९, २०७८ शनिबार
    सेनाले कृषि विज्ञान संस्थान सञ्चालन गर्ने, त्रिविसँग सम्झौता

    काठमाडौं । नेपाली सेनाले कृषि विज्ञान संस्थान सञ्चालन गर्ने भएको छ । लमजुङको सैनिक व्यवसायीक कृषि तथा पशुपालन तालिम केन्द्रलाई संस्थानमा रुपान्तरण गरेर सेनाले बीएससी एग्रिकल्चर कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

    बीएससी एग्रिकल्चर कक्षा सञ्चालनका लागि नेपाली सेना र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबीच शुक्रबार जंगी अड्डामा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    संस्थानमा स्नातक तहको बीएससी एग्रिकल्चर कार्यक्रम सञ्चालन गर्ने लक्ष्यअनुसार सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्दकुमार अधिकारी र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डीन प्रा.भार्गव धितालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij