मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

त्रिवि बन्दै राजनीतिको दरबाजा : जहाँ पढाइ हुनुको साटो वर्षौ लगाइन्छ ताला


  • 3.4K
    SHARES
  • https://indrenipost.com/posts/3740
    फागुन ६, २०७८ शुक्रबार
    त्रिवि बन्दै राजनीतिको दरबाजा : जहाँ पढाइ हुनुको साटो वर्षौ लगाइन्छ ताला

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इतिहास गौरवपूर्ण छ । तर, वर्तमान निराशाजनक । देशकै जेठो ६२ वर्ष पुरानो यो शैक्षिक धरोहर राजनीतीकरणले भद्रगोल बनेको छ ।

    जहाँ पठनपाठन कम हुन्छ । ज्यादा हुन्छ राजनीति । राजनीतिक आग्रहरपूर्वाग्रहका कारण पदाधिकारीका कार्यालयमा तालाबन्दी छ । एक वर्षमा २ सय दिन त तालाबन्दीमै बितेको छ । त्यो पनि तालामाथि ताला लगाएका छन् । 

    प्राज्ञिक थलो राजनीतिक स्वार्थ पूरा गर्ने अखडा त बनेको छ नै, स्वार्थ समूहको किडा स्थल पनि बनेको छ । उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र डिनका कार्यालय एक महिनादेखि खुलेका छैनन् ।

    जहाँ ढोकामा असन्तुष्ट समूहले तालामाथि ताला झुन्ड्याएका छन् । विद्यार्थीदेखि प्राध्यापक संघसंगठनले ताला लगाउन होडबाजी गरेका छन् । 

    नेपाल प्रगतिशील प्राध्यापक संगठन कीर्तिपुरले बिहीबार तालाको विकृतिविरुद्ध मौन प्रदर्शन गर्‍यो । प्रदर्शनकारीले बोकेका प्लेकार्डमा लेखिएको थियो, ‘अब अति भयो बन्द सधैंका लागि बन्द गरौं ।’ 

    ‘२०४६ सालपछि त्रिविमा राजनीतिक हस्पक्षेप बढ्दै गयो । राजनीतिक आस्थाका आधारमा नेतृत्व नियुक्ति गर्ने क्रम बढ्यो । यसले समस्या बढायो ।’
    यो वर्ष सबैभन्दा बढी तालाबन्दी भएको बताउँछन् त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्राध्यापक खड्ग केसी । ‘३६५ दिनमा यस वर्ष विश्वविद्यालयमा २ सय दिन तालाबन्दी भइसक्यो ।

    विभिन्न समूहले आफ्नो अभिष्ट पूरा गराउन तालाबन्दीको विकृत संस्कृति निर्माण गरेको छ’, केसी भन्छन्, ‘नेपालमा लोकतन्त्रसँगै गणतन्त्र आइसक्यो ।

    देशमा राजनीतिक मुद्दाहरू पूरा भयो। अब गुणतस्तरीय शिक्षा, ज्ञान र प्रविधिका कुरा उठाउनुपर्ने ठाउँमा हाम्रो विद्यार्थी र प्राध्यापकहरू पुरानै रवैया देखाउनु दुःखद हो ।’

    आफ्ना माग वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने उनी बताउँछन् । तर, सहमति भएपछि केही दिन विश्वविद्यालय खुल्छ । माग पूरा नभएपछि दोहोरिन्छ तालाबन्दी ।

    त्रिवि प्रशासनले माग सम्बोधन गर्न वार्ताको माहोल बनाउन सकेको छैन । नेपाल विद्यार्थी संघ, आंशिक प्राध्यापक संघर्ष समितिले त्रिविमा तालाबन्दी गरिरहेका छन् ।

    संघले ताला लगाएको एक महिना भयो। समितिले माघ २१ गतेदेखि तालामाथि ताला झुन्ड्याएको हो । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij