प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक दिउँसो पौने २ बजेबाट सुरु भएको हो ।
उक्त बैठकमा एमसीसी टेबल हुने चर्चा छ । उद्यपि सम्भावित कार्यसूचीमा भने एमसीसी समावेश छैन ।
यसबारे निर्णय गर्न गठबन्धनको बैठक यसअघि पटक पटक बसे पनि कुनै सहमति हुन सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोध पनि कायमै छ ।