आइतबार, भदौ १ गते २०८२ Aug 17 2025 Sunday
images
images

युएई सरकारले १२० नेपालीलाई आममाफी प्रदान


  • 199
    SHARES
  • https://indrenipost.com/posts/9867
    भदौ १, २०८२ आइतबार
    युएई सरकारले १२० नेपालीलाई आममाफी प्रदान

    काठमाडौँ, १ भदौः संयुक्त अरब इमिरेट्स युएई सरकारले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ ।
    नेपाली राजदूतावास अबुधावीका अनुसार उनीहरूको बाँकी कैद सजाय माफी दिइएको हो । यस निर्णयले लामो समयदेखि जेलमा रहेका नेपालीलाई स्वदेश फर्कन सहज हुने अपेक्षा गरिएको छ ।
    दूतावासले जनाएको छ कि इस्लाम धर्मावलम्बीहरूको महान् पर्व अल अहाद इद उल अधा को अवसरमा युएई सरकारले यस्तो निर्णय लिएको हो । यसअघि पनि सो पर्वका अवसरमा विभिन्न मुलुकका नागरिकलाई सजाय माफी दिने प्रचलन रहेको दूतावासले स्मरण गराएको छ ।
    यस आममाफी बाट जेलमा रहेका नेपाली परिवारमा खुसी थपिएको छ भने कामदारमैत्री नीतिका कारण युएई सरकारले नेपाली समुदायप्रति देखाएको सद्भावका रूपमा पनि यसलाई हेरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij