काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको दाबी गरेका छन् ।
मंंगलबार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरुसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा बोल्दै उनले अर्थतन्त्रका कयौँ सूचकहरु सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताए ।
अर्थतन्त्रका समस्याको समाधानका लागि अझै गहन विमर्श हुन जरुरी रहेको उनले बताए ।