प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजराइल र हमासबीचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ ।
मध्यस्थकर्ताहरूले दुवै पक्षबीच ‘दिगो’ युद्धविराममाथि जोड दिएका छन् ।
प्रारम्भिक चार दिने युद्धविरामको ४८ घन्टाको विस्तारपछि मङ्गलबार १२ बन्धकको नयाँ समूहलाई गाजाबाट मुक्त गरिएको छ भने इजराइलले ३० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।
बन्दीहरूका लागि बन्धकहरूको अर्को आदानप्रदानको अपेक्षासँगै विस्तारित सम्झौताको अन्तिम २४ घन्टा बुधबारपछि सुरु हुन्छ ।
यद्यपि मध्यस्थकर्ता कतारले उसले थप दिगो व्यवस्थाको अपेक्षा गरिरहेको बताएको छ ।