मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

एनओसी बेतिथि बारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान


  • 496
    SHARES
  • https://indrenipost.com/posts/9308
    असार ३, २०८२ मंगलबार

    काठमाडौं असार ३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र एनओसीमा भएको बेतिथि बारे अनुसन्धान सुरु गरेको छ ।

     शिक्षा मन्त्रालय अन्तर्गतको सानोठिमि स्थिति एनओसी शाखामा घुस लिएर एनओसी दिने गरेको समाचार प्रकाशित भएको थियो । हरेक देश अनुसार फरक फरक घुस रकम लिएर एनओसी बनाउने गरेको पाइएको देखिएको छ । ३० हजारदेखि एक लाख माथिसम्म विद्यार्थीबाट कर्मचारीले असुल्ने गरेको पाइएको छ ।

    यो सँगै शिक्षा मन्त्रालयले छानबिन कार्यदल नै गठन गरेर अनुसन्धान सुरु भएको जानकारीमा आएको  छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार छानबिन गर्न कार्यदल गठन गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।

    शिक्षामन्त्री रघुजी पन्तले निश्पक्ष छानबिन गर्न आदेश दिएका छन् भने 
    अनियमितता भएको भेटिएमा कार्यदलले कारबाहीको लागि सिफारिस गर्ने छ ।

    छानबिन र अनुसन्धान कार्यदललाई एक महिनाको समय दिइएको छ । सेवाग्राहीबाट असुविधा भएको गुनासो आएका छन् । अध्ययन गर्न कार्यदल बनाइएको हो’, प्रवक्ता सापकोटाले भने ।

    कार्यदलले एनओसीमा भइरहेको विकृतिबारे अध्ययन अनुसन्धान गरेर नीतिगत सुधारको प्रस्ताव पनि गर्ने छ ।

    कार्यदलका संयोजक काप्रीले समितिले काम सुरु गरेको बताए । ‘कार्यदलले काम सुरु गरेको छ’,  उनले भने, ‘अनियमितताको विषय पनि उठेको छ । कार्यदलले समग्र अध्ययन गर्छ ।’ 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij