बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय

गाजामा पुनः बमबारी- १ सय ७८ प्यालेस्टिनीको मृत्यु


  • 334
    SHARES
  • https://indrenipost.com/posts/5351
    मंसिर १६, २०८० शनिबार
    गाजामा पुनः बमबारी- १ सय ७८ प्यालेस्टिनीको मृत्यु

    सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ ।

    इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् ।

    यसैबिच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।

    उता इजरायलले पनि २ सयवटा ‘आतंकवादी लक्ष्य’ मा आक्रमण गरेको बताएको छ ।

    युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतले बीबीसीलाई बताए अनुसार कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने सहमति हुन सकेको छैन ।

    तर, अमेरिकाले अझै पनि दुईबिचको द्वन्द्व रोक्न प्रयास गरिरहेको बताएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij