बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय

सोमालियामा बाढीबाट १०० को मृत्यु


  • 442
    SHARES
  • https://indrenipost.com/posts/5355
    मंसिर १६, २०८० शनिबार
    सोमालियामा बाढीबाट १०० को मृत्यु

    सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ ।

    बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले शुक्रबार जनाएको छ ।

    देश विपत्तिमा छ, विनाशकारी वर्षा र बाढी फैलिरहेको छ," एजेन्सीले उल्लेख गरेको छ ।

    मुसलधारे वर्षाले नदीमा पानीको बहाव बछेपछि दक्षिण पश्चिम, गाल्मुडुग, पुन्टल्याण्ड, हर्साबेले र जुबाल्याण्ड, साथै बानादिर क्षेत्रका अधिकांश मानिसहरूप प्रत्यक्ष प्रभावित भएका छन् ।

    संयुक्त राष्ट्रसंघ मानवीय एजेन्सीले जनाए अनुसार लाखौं सोमालीहरूले भोक र कुपोषणसँग लडिरहेक बेला प्राकृतिक विपत्तिले स्थिति झन् दर्दनाक बनाएको छ ।

    पाँच वर्ष मुनिका १५ लाख बालबालिका कुपोषणको चरम पीडाको सामना गरिरहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij