बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

तान्जानियामा भीषण बाढी पहिरोमा परी ४७ को मृत्यु, ८५ भन्दा बढी घाइते


  • 802
    SHARES
  • https://indrenipost.com/posts/5367
    मंसिर १८, २०८० सोमबार
    तान्जानियामा भीषण बाढी पहिरोमा परी ४७ को मृत्यु, ८५ भन्दा बढी घाइते

    उत्तरी तान्जानियामा बाढीका कारण आएको पहिरोमा परी कम्तीमा ४७ जनाको ज्यान गएको छ ।  

    सो बाढी र पहिरोमा परी अहिलेसम्म अन्य ८५ जना घाइते भएका स्थानीय अधिकारीले जनाएका छन् ।  

    राजधानी डोडोमाबाट करिब ३०० किलोमिटर उत्तरमा पर्ने कटेश सहरमा शनिबार भारी वर्षा भएको जिल्ला आयुक्त जेनेथ मायान्जाले बताए ।

    आइतबारे साँझसम्म मृत्यु हुनेको संख्या ४७ पुगेको छ र ८५ जना घाइते भएका छन्, उत्तरी तान्जानियाको मन्यारा क्षेत्रका क्षेत्रीय आयुक्त क्वीन सेन्डिगाले स्थानीय सञ्चारमाध्यमलाई बताइन् ।

    उनले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएकी छन् । मायन्जाले यस क्षेत्रका धेरै सडक हिलो, पानी र रुख र ढुङ्गाले अवरुद्ध भएकोसमेत बताएकी छिन् ।

    तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसन राष्ट्र संघीय जलवायु सम्मेलनको लागि दुबईमामा रहेको छन ।

    उनले दुबईबाट नै शोक सन्देश पठाउँदै भनेकी छिन कि बाढी पहिरोमा परेका मानिसहरूलाई उद्धार गर्न थप सरकारी प्रयासहरू खटन आदेश दिन्छु ।

    हामी यस घटनाबाट धेरै स्तब्ध छौं, उनले तान्जानियाको स्वास्थ्य मन्त्रालयले अनलाइन पोस्ट गरेको भिडियो सन्देशमार्फत थप भनिन् ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij