बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय

भोकमरीको कठिनाइ सामना गर्दै गाजा


  • 595
    SHARES
  • https://indrenipost.com/posts/5420
    मंसिर २१, २०८० बिहीबार
    भोकमरीको कठिनाइ सामना गर्दै गाजा

    संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले उत्तरी गाजाले भोकमरीको कष्टप्रद स्तरको सामना गरिरहेको जनाएको छ ।

    गाजा पट्टीमा खाद्य असुरक्षाका विषयमा जानकारी दिँदै संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले उत्तरी गाजावासीले रलाग्दो मात्रामा भोकमरीको सामना गरिरहेका बताएको हो ।   

    उत्तरी गाजाका कम्तिमा ९७ प्रतिशत घरपरिवारमा ‘अपर्याप्त खाना उपभोग’ छ, १० मध्ये नौ जनाले एक दिन र रात खानाविना नै बिताउने डब्लूएफपीले उल्लेख गरेको छ ।  

    एक तिहाइ घरपरिवारले उच्च स्तरको गम्भीर वा धेरै गम्भीर भोकमरीको र ५३ प्रतिशतले मध्यम भोकमरीको सामना गरेका छन् ।

    उत्तरी गाजामा खाद्यान्न सहयोग गर्नुपर्ने डब्लूएफपीले आह्वान गरेको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij