बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय

गाजाको युद्धमा इजरायली मन्त्रीका छाेरा मारिए


  • 478
    SHARES
  • https://indrenipost.com/posts/5435
    मंसिर २२, २०८० शुक्रबार
    गाजाको युद्धमा इजरायली मन्त्रीका छाेरा मारिए

    गाजा क्षेत्रमा भइरहेको युद्धमा परेर इजरायलका एक मन्त्रीका छोराको ज्यान गएको छ ।

    पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा गाजा पट्टी क्षेत्रमा भएको लडाइँमा मारिएका बीबीसीले जनाएको छ ।

    उत्तरी गाजा क्षेत्रको एक सुरुङमा बम बिस्फोट हुँदा २५ वर्षका मेजर गल इसेनकोट मारिएका इजरायलको रक्षा बल (आईडीएफ) ले जनाएको छ ।

    विस्फोटमा परेर गम्भीर घाइते भएका इसेनकोटलाई अस्पताल लगिए पनि बचाउन नसकिएको खबरमा उल्लेख छ ।

    प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनाप्रति दुःख व्यक्त गर्दै इसेनकोट ‘साँच्चिकैको हिरो’ भएको बताएका छन् ।

    विस्फोटमा अर्का एक सैनिकको पनि ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

    गएको अक्टोबर ७ तारिखमा इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच युद्ध शुरु भएलगत्तै पूर्वसैन्य प्रमुख गाडी इसेनकोट प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सरकारमा सहभागी हुनुभएको थियो ।

    इजरायल र हमासबीच २ महिनादेखि भइरहेको युद्धमा परेर १६ हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij