बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

भारी हिमपातका कारण जनजीवन प्रभावित


  • 442
    SHARES
  • https://indrenipost.com/posts/5448
    मंसिर २२, २०८० शुक्रबार
    भारी हिमपातका कारण जनजीवन प्रभावित

    बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ ।

    राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीबार दिएको जनाकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू प्राप्त भएका छन् ।

    साथै ठाउँ-ठाउँमा रूखहरू ढलेकोर हाँगा भाच्चिएर सडक आवागमन समेत अवरुद्ध भएको विवरणहरू प्राप्त भएका छन् ।

    नियमित रूपमा सञ्चालन हुने रेल र बस सेवाहरू लामो समयसम्म विलम्ब भएका छन् । ठाँउ ठाँउमा अवरुद्ध पनि भएका छन् ।

    हङ्गेरियन समाचार एजेन्सी एमटीआईले जनाए अनुसार बसहरू लामो समयसम्म सडकमै फसेका छन् । त्यसै गरी देशको पश्चिमी र उत्तरपूर्वी भागहरूमा रेल सेवा पनि अवरुद्ध भएका छन् ।

    राजधानी बुडापेस्टमा म्युनिसिपल मेन्टिनेन्स कम्पनी (एफकेएफ) ले अहिले अवरोध पन्छाउँदै सडक सफा गरिरहेको जनाइएको छ ।

    पुल, ओभरपास, राजमार्ग र ठूला यातायातका मुख्य प्रवेशद्वार खाली गर्ने कामलाई प्राथमिकतामा राखिएको स्थानीय निकायले जनाएका छन् ।

    उडानमा ढिलाइ हुँदा विमानस्थलहरूमा पनि यात्रुहरूको चाप बढिरहेको स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij