मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

इजरायली सेनाद्वारा गाजामा ४७ खेलाडीको हत्या


  • 433
    SHARES
  • https://indrenipost.com/posts/5463
    मंसिर २३, २०८० शनिबार
    इजरायली सेनाद्वारा गाजामा ४७ खेलाडीको हत्या

    प्यालेस्टिनी ओलम्पिक कमिटीले इजरायली सेनाले युद्धका क्रममा ४७ खेलाडीको हत्या गरेको जनाएको छ ।

    प्यालेस्टिनी ओलम्पिक कमिटीले इजरायलले गाजामा खेलाडीसहित ६४ अन्य खेलसँग सम्बन्धित कर्मचारीको हत्या गरेको आरोप लगाएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ ।  

    समितिले एक विज्ञप्तिमा भनेको छ, ‘इजरायली विनास मेसिनले युद्धको क्रममा ४७ खेलाडी र १७ प्राविधिक र प्रशासकहरूलाई मारेको छ ।’   

    वाफाका अनुसार मृत्यु हुनेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्यालेस्टाइनको प्रतिनिधित्व गर्ने सपना देखेकी ६ वर्षीय कराते खेलाडी यास्मिन सराफ पनि रहेकी छिन् ।

    समितिका अनुसार इजरायली बमबारीले संयुक्त राष्ट्र विकास कार्यक्रम युएनडिपी स्टेडियम, बेइट हानुन स्टेडियम, तीन इक्वेस्ट्रियन क्लब, एक बेसबल मैदान, र धेरै मार्शल आर्ट केन्द्रहरू सहित धेरै खेल सुविधास्थलमाथि प्रहार गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij