मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

भारतीय प्रधानमन्त्री मोदी विश्वको शीर्ष नेताको सूचीमा


  • 523
    SHARES
  • https://indrenipost.com/posts/5464
    मंसिर २३, २०८० शनिबार
    भारतीय प्रधानमन्त्री मोदी विश्वको शीर्ष नेताको सूचीमा

    न्युयोर्क । भारतीय  प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै लोकप्रिय छन् ।  

    मर्निङ कन्सल्टले गरेको सर्वेक्षणमा पीएम मोदीलाई दिइएको रेटिंगबाट यसको अनुमान लगाउन सकिन्छ ।

    सर्वेक्षणका अनुसार प्रधानमन्त्री मोदी फेरि एक पटक विश्व नेताहरूमा शीर्षमा छन् ।

    उनले ७६ प्रतिशतको अनुमोदन रेटिंग पाएका छन् ।  

    अमेरिकी कन्सल्टेन्सी फर्मको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ ट्र्याकर’का अनुसार भारतका ७६ प्रतिशत जनताले मोदीको नेतृत्वलाई स्वीकार गर्छन् भने १८ प्रतिशतले उनको नेतृत्वलाई मन पराउँदैनन् ।

    जबकि ६ प्रतिशतले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । रेटिंगको मामिलामा प्रधानमन्त्री मोदीको नजिक कोही छैन ।

    सर्वेक्षणमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर दोस्रो स्थानमा छन्, उनले ६६ प्रतिशत रेटिङ पाएका छन् ।

    तेस्रो स्थानमा स्वीस राष्ट्रपति एलेन बेर्सेटले ५८ प्रतिशत रेटिङ पाएका छन् ।यसअघिको सर्वेक्षणमा पनि प्रधानमन्त्री मोदी ग्लोबल रेटिङमा शीर्ष स्थानमा थिए भने अन्य ठूला विश्व नेताहरुको अनुमोदन रेटिङ निकै कम छ ।  

    जस्ताे कि, अमेरिकी राष्ट्रपति जो बाइडेनको अप्रुभल रेटिङ ३७ प्रतिशत छ भने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ३१ प्रतिशत र बेलायतका प्रधानमन्त्री ऋषि सुनकले २५ प्रतिशत पाएका छन् ।

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सर्वेक्षणमा २४ प्रतिशत मात्र रेटिङ पाएका छन् ।  

    विशेष गरी हिन्दी भाषी राज्यहरू मध्य प्रदेश, राजस्थान र छत्तीसगढको विधानसभा चुनावमा भाजपाले ठूलो जित दर्ता गरेपछि प्रधानमन्त्री मोदीको शीर्ष रेटिङ अगाडि आएको छ ।

    यसलाई २०२४ मा हुने आम चुनाव अघि प्रधानमन्त्री मोदी र उनको पार्टीको लागि ठूलो प्रोत्साहनको रूपमा हेरिएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij