काठमाडौं । इजरायलले पछिल्लो २४ घण्टामा गाजा क्षेत्रमा गरेको भीषण आक्रमणमा ३ सय बढीको मृत्यु भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र हमासबीच एक अर्कालाई धम्की दिने शिलशिला बढ्दा इजरायली सेनाले गाजामा भारी मात्रामा बम वर्षा गरेको हो ।
लगभग ध्वस्त भइसकेको उत्तरी गाजामा इजरायली सेनाले पुनः ठूलो मात्रामा बम वर्षा गरेको अल जजिराले उल्लेख गरेको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको मृत्यु भएको पुष्टि भएको र साढे ५ सय बढी घाइते भएको बताएका छन् ।
दुई महिनादेखि जारी गाजा–इजरायल लडाईँमा हालसम्म १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
जसमध्ये अधिकांश बालबालिका र महिला छन् ।
यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले इजरायल–गाजा युद्ध अन्त्यको निर्णय अमेरिकाले गर्न नसक्ने प्रष्टीकरण दिएका छन् ।