फ्रान्स, जर्मनी र इटालीले हमासमाथि ईयू प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।
तीन देशका विदेशमन्त्रीहरूले युरोपेली संघलाई हमास र उसका समर्थकहरू विरुद्ध प्रतिबन्ध लगाउन आह्वान गरेका हुन् ।
ईयू विदेश नीति प्रमुख जोसेप बोरेललाई लेखिएको पत्रमा भनिएको छ, ‘हामी हमास र यसका समर्थकहरू विरुद्ध प्रतिबन्ध लगाउन माग गर्छौँ र यस प्रस्तावको लागि हाम्रो पूर्ण समर्थन व्यक्त गर्दछौँ ।
उनीहरुले हमासविरुद्ध प्रतिबन्ध र इजरायललाई समर्थन गर्नुपर्ने माग गरेका छन् ।