हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धकले उक्त क्षेत्र नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार दक्षिणी गाजाको मुख्य शहरमा बमबारी गरेको छ ।
हमासले गत अक्टोबर ७ मा इजरायलमाथि घातक आक्रमण गरी एक हजार २०० जनाको ज्यान लिएको र करिब २४० जनालाई गाजामा बन्धक बनाएको इजरायली तथ्याङ्कले देखाएको छ ।
बदलामा इजरायलले हमासबिरूद्ध चलाएको कारबाहीमा गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ भने करिब १८ हजार जनाको ज्यान लिएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली सेनाले गाजा पट्टीमा गरेको आक्रमणमा परी दर्जनौं व्यक्तिको मृत्यु भएको र इजरायली सेनाले गाजाबाट इजरायलतर्फ रकेट प्रहार गरेको मन्त्रालयले सोमबार जनाएको छ ।
इजरायली सेनाले गाजा पट्टीमा गरेको आक्रमणमा परी दर्जनौं व्यक्तिको मृत्यु भएको र इजरायली सेनाले गाजाबाट इजरायलतर्फ रकेट प्रहार गरेको मन्त्रालयले सोमबार जनाएको छ ।
एएफपी संवाददाताका अनुसार इजरायलले सोमबार मुख्य दक्षिणी शहर खान युनिसमा आक्रमण गरेको छ भने प्यालेस्टाइनी लडाकू इस्लामिक जिहादले इजरायली सेनाले सुरुङको खाडल खोजी गरिरहेको एउटा घरलाई विस्फोट गराएको बताएको छ ।
हमासले आइतबार चेतावनी दिँदै भनेको छ, इजरायलले आफ्ना कैदीहरूलाई आदानप्रदान र वार्ता बिना जीवितै प्राप्त गर्ने सम्भावना रहने छैन ।
इजरायलले गाजामा अझै पनि १३७ जना बन्धक रहेको बताएको छ भने अधिकारकर्मीहरूले करिब सात हजार प्यालेस्टिनी इजरायली जेलमा रहेको बताएका छन् ।
महिनौँदेखिको भीषण बमबारी र झडपका कारण गाजाको स्वास्थ्य प्रणालीमा व्यापक प्रभावपरेको छ । अधिकांश अस्पतालहरू सञ्चालनमा छैनन् र करिब २० लाख मानिस विस्थापित भएका छन् ।
गाजा शहरको अल–शिफा अस्पतालको बमबारी गरिएको भग्नावशेषको भ्रमण गरेको थियो र गत महिना इजरायली सेनाले बमबारी गरेको गाजा शहरको अल–शिफा अस्पतालमा छापा मारेपछि कम्तीमा ३० हजार मानिसहरू भग्नावशेष वरपरका क्षेत्रमा एकत्रित भएका छन् ।