मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

राष्ट्रपति सी भियतनामको राजकीय भ्रमणमा


  • 406
    SHARES
  • https://indrenipost.com/posts/5524
    मंसिर २६, २०८० मंगलबार
    राष्ट्रपति सी भियतनामको राजकीय भ्रमणमा

    चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका सिलसिलामा आज भियतनाम आइपुगेका छन् ।

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङलाई भियतनामले मङ्गलबार रातो कार्पेट ओछ्याएर न्यानो स्वागत गरेको छ ।

    द्विपक्षीय सम्बन्ध र सहयोग विस्तार गर्ने उद्देश्यले उनको राजकीय भ्रमण आयोजना गरिएको बताइएको छ ।

    दुई दिने भ्रमणका क्रममा दुवै पक्षले चीन-भियतनाम सम्बन्धको स्तरोन्नति गर्ने र दुई देशबीचको व्यापक रणनीतिक सहयोगलाई अझ गहिरो र ठोस बनाउन बारे छलफल गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij