सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

काठमाडौं महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री-वितरणमा रोक


  • 415
    SHARES
  • https://indrenipost.com/posts/5565
    मंसिर २८, २०८० बिहीबार
    काठमाडौं महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री-वितरणमा रोक

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि महानगरभित्र सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ । 

    सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर परेको, प्रदूषण र सहरमा बढ्दो दृश्य प्रदूषण रोक्न यस्तो निर्णय गरेको महानगरले जनाइसकेको छ । 

    महानगरपालिकाले बुधवार सम्मेलन गरेर आजदेखि काठमाडौंभित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती, खैनी, गुट्टका, सुर्तीहरू प्रतिबन्ध गरिएको जानकारी दिएको हो । 

    पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मङ्सिर २८ गतेदेखि काठमाडौंभित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको बताए ।

    उनले मङ्सिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij