मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

हमासविरुद्धको लडाइँ कसैले रोक्न नसक्ने प्रधानमन्त्री नेतान्याहूको जिकिर


  • 343
    SHARES
  • https://indrenipost.com/posts/5568
    मंसिर २८, २०८० बिहीबार
    हमासविरुद्धको लडाइँ कसैले रोक्न नसक्ने प्रधानमन्त्री नेतान्याहूको जिकिर

    काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासविरुद्धको लडाईँ कसैले रोक्न नसक्ने बताएका छन् ।

    सामाजिक सञ्जाल एक्समा एक भिडियो सेयर गर्दै प्रधानमन्त्री नेतन्याहूले विश्वको कुनै दबाबले पनि हमासविरुद्धको लडाईँ नरोकिने बताए । 

    उनले सैन्य कमाण्डरहरुलाई हमासलाई समाप्त नगरेसम्म कारबाही नरोक्न आदेश दिइसकेको भन्दै आफूहरुलाई कसैले रोक्न नसक्ने जिकिर गरे । 

    यसअघि संयुक्त राष्ट्र संघको महासभामा गाजामा जारी युद्ध रोक्न आग्रह गर्ने र दबाब दिने प्रस्ताव पारित भएको थियो । 

    यसबारे प्रतिक्रिया दिँदै इजरायली विदेशमन्त्री एली कोहेनले विश्वव्यापी दबाब वा समर्थन जुनै परिस्थितिमा पनि युद्ध नरोकिने बताएका थिए । 

    प्रधानमन्त्री नेतन्याहूले यदि युद्ध रोकिएमा हमास पुनः उठ्ने र इजरायलका लागि सुरक्षा खतरा बढ्ने बताए । 

    अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा इजरायलले गरेको अन्धाधुन्ध बम प्रहारले विश्वव्यापी समर्थन गुमाइरहेको टिप्पणी गरेको भोलिपल्ट इजरायलको यस्तो प्रतिक्रिया आएको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij