मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

चीनको उत्तरपश्चिमी भूकम्पमा परी कम्तीमा १२७ को मृत्यु


  • 496
    SHARES
  • https://indrenipost.com/posts/5575
    पुष ३, २०८० मंगलबार
    चीनको उत्तरपश्चिमी भूकम्पमा परी कम्तीमा १२७ को मृत्यु

    मङ्गलबार उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले चिसो अवस्थामा भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् ।

    मङ्गलबार दिउँसोसम्म गान्सु प्रान्तमा मध्यरातभन्दा ठिकअघि गएको भूकम्पबाट कम्तीमा एक सय १३ जनाको मृत्यु र पाँच सय ३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् ।

    सरकारी समाचारपत्र पिपुल्स डेलीका अनुसार छिमेकी किङ्घाई प्रान्तको ह्याडोङमा थप १४ जनाको मृत्यु र एक सय ९८ जना घाइते भएका छन् ।

    सरकारी प्रसारक सिसिटिभीका अनुसार भूकम्पबाट एक लाख ५५ हजारभन्दा घेरै भवन क्षतिग्रस्त भएका छन् र बासिन्दाहरू सुरक्षाका लागि चिसो सडकमा भागेका थिए ।

    भूकम्पको केन्द्र नजिकै एक गाउँमा इँटाले बनेको एउटा घरको बाहिर र भित्री पर्खाल तथा अर्को भवनको छत पूरै ढलेको देखेको एएफपीका संवाददाताहरूले बताएका छन् । 

    म ७० वर्षको भएँ र मैले मेरो जीवनमा यति शक्तिशाली भूकम्पको अनुभव कहिले गरेको छैन, उक्त घरका बासिन्दा मा वेनचाङले भन्नुभयो, म अब यो घरमा बस्न सक्तिन किनकी यो धेरै खतरनाक छ, मेरा आफन्तहरूलाई अन्यत्र कतै सारिएको छ ।

    अर्को स्थानमा एउटा मस्जिदको छानो भत्किएको छ र अर्को भवन भग्नावशेषमा परिणत भएको छ ।

    सडकहरू आपत्कालीन सवारीले भरिएका थिए र एएफपीको टोलीले भूकम्प राहत आपूर्ति लेखिएको रातो ब्यानरले ढाएिको ट्रकहरूलाई देखेका थिए ।

    साँझ भएपछि स्वयंसेवकहरूले उद्धारकर्मीहरूका लागि आधार बनाउन सहरको चोकमा टेन्ट लगाउन प्रयास गरेका छन् ।

    छेउमा दुई दर्जन सैन्य ट्रक राखिएका थिए । हाम्रा लागि अत्यावश्यक चिजहरू चाँडो तयार गर्नुछ किनकी आज राति तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म पुग्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij