गाजा क्षेत्रको जबालिया शरणार्थी क्याम्पमा गएरातिदेखि कम्तीमा ५० जना सर्वसाधारण पुरिएको समाचार आएको छ ।
समाचार अनुसार गयराति इजरायली सेनाल हवाई हमला गरेको उक्त क्षेत्रमा कम्तीमा तीन परिवारका सदस्य बस्थे ।
हमासको स्वास्थ्य मन्त्रालय र स्थानीय पत्रकारको रिपोर्टअनुसार हमलामा कम्तीमा ११० जना मारिएका थिए भने ५० भन्दा धेरै अहिले पनि भग्नवाशेषमा पुरिएका छन् ।
त्यहाँ रहेका एकजना पत्रकारले बीबीसीलाई बताएअनुसार प्यालेस्टाइन सिभिल डिफेन्सका प्रतिनिधि घटनास्थलसम्म पुग्न सकेका छैनन् ।
यस्तोमा त्यहीँ रहेका अन्य मानिसले भग्नवाशेषमा फसेकालाई सहयोग गरिरहेका छन् ।
इजरायली सेनाले बितेका दुई सातादेखि जबालियालाई निशाना बनाइरहेको छ ।
त्यहाँ सेनाको ट्यांकरलले शरणार्थी शिविरलाई चारै दिशाबाट घेरिरहेको छ । गयरातिदेखि यहाँ हवाई हमला तीव्र भएको छ।
त्यहाँ रहेका पत्रकारहरूले कयौँ महिला र बालबालिकाको शव देखेको बताएका छन् ।
उनीहरूको मृत्यु इजरायली हमलाबाट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।