मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

युद्धविराम र बन्धक रिहाइका विषयमा वार्ता गर्न हमास प्रमुख इजिप्टमा


  • 433
    SHARES
  • https://indrenipost.com/posts/5594
    पुष ४, २०८० बुधबार
    युद्धविराम र बन्धक रिहाइका विषयमा वार्ता गर्न हमास प्रमुख इजिप्टमा

    इजरायल र प्यालेस्टिनी लडाकू समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेताले बुधबार इजिप्ट आइपुगेका छन् ।

    कतारस्थित हमासका प्रमुख इस्माइल हनियाह गाजा पट्टीमा भएको आक्रमण र अन्य विषयमा छलफल गर्न कायरो आइपुग्नुभएको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उनले इजिप्टका गुप्तचर प्रमुखसँग ‘आक्रमण र युद्ध रोक्न र कैदीहरूको रिहाईका लागि सम्झौता तयार गर्न’ वार्ता गर्ने कार्यक्रम रहेको समूहनिकट स्रोतले एएफपीसँग बताएको छ ।

    यसअघि कतारमा इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहसँग भेट गरेका हनियाले ‘उच्चस्तरीय प्रतिनिधिमण्डल’को नेतृत्व गर्दै इजिप्टको भ्रमण गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij