भेनेजुएलाका कूटनीतिज्ञ एलेक्स साब संयुक्त राज्य अमेरिकामा तीन वर्षभन्दा लामो जेल जीवन बिताएर स्वदेश फर्किएका छन् ।
भेनेजुएलाको सरकारले हाम्रा कूटनीतिज्ञ एलेक्स साबको रिहाई र स्वदेश फिर्तापछि खुशी व्यक्त गरेको छ ।
उनलाई आजसम्म अन्यायपूर्ण तरिकाले अमेरिकी जेलमा राखिएको थियो, सञ्चार र सूचना मन्त्री फ्रेडी नानेजले एक्स (ट्वीटर) मा उल्लेख गरे ।
सरकारको आधिकारिक विज्ञप्तिमा भनिएको छ, साबलाई अमेरिकी सरकारले एकतर्फी बलप्रयोग वा प्रतिबन्धको सामना गरिरहेका भेनेजुएलाका नागरिकको ‘सामाजिक अधिकारको रक्षा’ गर्ने प्रयासका कारण निशाना बनाएको थियो ।
विज्ञप्तिमा भनिएको छ, मानव अधिकार र कूटनीतिक उन्मुक्ति प्रदान गर्ने संयुक्त राष्ट्रसंघीय भियना कन्भेन्सनको उल्लङ्घन गरी उनलाई क्रूर, अमानवीय र अपमानजनक व्यवहारअन्तर्गत साढे तीन वर्ष गैरकानुनी रूपमा थुनामा राखिएको थियो ।
देशले उनको रिहाइ र स्वदेश फिर्तालाई गर्वका साथ स्वागत गर्दछ ।