सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

स्वास्थ्य रणनीति

कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक


  • 721
    SHARES
  • https://indrenipost.com/posts/5638
    पुष ६, २०८० शुक्रबार
    कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक

    कर्णाली । कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति २०८०/८५’ सार्वजनिक गरेको छ । सामाजिक विकास मन्त्रालयले यहाँका ७९ स्थानीय तहका प्रमुख/अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, सरोकारवाला सबै क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आँखा स्वास्थ्य रणनीति सार्वजनिक गरेको हो । 

    कार्यक्रम प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले यो आँखा स्वास्थ्य रणनीति तयार हुनु नै उपलब्धिको विषय भएको बताए । “आँखा संवेदनशील अंग हो, बचाउन संयम हुनुपर्दछ । यसैका लागि बनेको रणनीति कार्यान्वयनमा लैजान विशेष जोड दिनुपर्दछ,” उनले भने, “रणनीतिमा समावेश गरिएका विषयवस्तुहरुमा केन्द्रित भएर काम गर्नुपर्दछ । जसले यहाँका जनताको आँखा स्वास्थ्य सेवामा उल्लेख्य भूमिका खेलोस् ।” 

    उनले रणनीतिले लिएको लक्ष्य र उद्देश्य पूरा हुने गरी काम गर्न स्थानीय तह, प्रदेश सरकार, अर्ध सरकारी, साझेदार निकायसहित सबै सरोकारवालाहरुको उत्तिकै दायित्व रहेको बताए ।  

    मन्त्रालयका सचिव भोजराज शर्मा काफ्लेले आँखा स्वास्थ्यसम्बन्धी बनेका कर्णाली प्रदेश रणनीतिले यहाँका नागरिकको आँखा जोगाउन विशेष मद्दत पुग्ने बताए । उनले भने, “दस्तावेज एउटा साधन हो साध्य होइन । यसलाई पूर्णता दिन हामीले प्रयोगमा ल्याउनुपर्दछ र नागरिकलाई अनुभूति हुने गरी कार्यान्वयन गर्नुपर्दछ ।” 

    उनले बृहत् आँखा स्वास्थ्य सेवालाई स्वास्थ्य सेवाको मूलधारमा एकीकृत गर्दै हरेक तहबाट गुणस्तरीय एवं प्रभावकारी स्वास्थ्य उपलब्ध गराउने उद्देश्यले रणनीति तयार भएको जनाए । 

    कार्यक्रममा आँखा स्वास्थ्यको ग्लोबल, राष्ट्रिय तथा प्रादेशिक सिनारियोका बारेमा परामर्शदाता डा. अनिल सुवेदीले आफ्नो प्रस्तुति राखे । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतका निर्देशक डा. शक्तिप्रसाद सुवेदीले कर्णाली प्रदेशको आँखा स्वास्थ्य रणनीतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । -रासस

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij