मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

प्राग विश्वविद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु, २४ जना घाइते


  • 802
    SHARES
  • https://indrenipost.com/posts/5641
    पुष ६, २०८० शुक्रबार
    प्राग विश्वविद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु, २४ जना घाइते

    युरोपियन मुलुक चेक रिपब्लिकको राजधानी प्रागस्थित एक विश्वविद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु भएको छ ।


    राजधानी प्रागको चाल्र्स विश्वविद्यालयमा भएको गोली प्रहारबाट १५ जनाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

    उसका अनुसार गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । कुल १५ जना मारिएको यो घटनामा अन्य २४ जना घाइते भएका छन् ।

    यद्यपि चेक रिपब्लिकको स्वतन्त्रतापछि यो हालसम्मकै घातक आक्रमण भएको बीबीसीले जनाएको छ ।

    मानविकी संकायमा अध्ययनरत एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा त्यहाँ भागदौड मच्चिएको थियो । कतिपय छतबाट पनि हामफालेको समाचारमा उल्लेख छ ।

    चेक गणराज्यका राष्ट्रपति पीटर पावेलले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

    विदेशमा भएको यस्तै नरसंहारबाट प्रेरित भएर ती विद्यार्थीले यस्तो कदम उठाएको प्रहरीको दाबी छ । –एजेन्सी

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij