मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई यौन पीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप


  • 334
    SHARES
  • https://indrenipost.com/posts/5646
    पुष ६, २०८० शुक्रबार
    फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई यौन पीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई यौन पीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप लागेको छ ।

    राष्ट्रपति म्याक्रोनले बिहीबार चारैतिरबाट यौन आक्रमणकारीहरूको पक्षमा रहेको आरोपको सामना गर्नु परेको छ । 

    फिल्म आइकन जेरार्ड डेपार्डियो बलात्कार र यौन दुव्र्यवहारको आरोप खेपिरहेका बेला राष्ट्रपतिलाई समेत उनको पक्षमा नरम रहेको आरोप लागेको छ । 

    बुधवार राष्ट्रपति म्याक्रोनसँग लिइएको टेलिभिजन अन्तर्वार्तामा  अभिनेता डेपार्डियोलाई प्रदान गरिएको फ्रान्सको ुसर्वोच्च राज्य पुरस्कारु खोस्नु पर्छ कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले आफू त्यसको पक्षमा नभएको बताएका थिए । 

    डेपार्डियोले करिब तीन दशक अघि सो प्रतिष्ठित राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए । राष्ट्रपतिले डेपार्डियलाई निकै ठूलो अभिनेता भन्दै उनी निर्दोष हुन सक्ने खालको आशय अभिव्यक्त गरेका थिए । 

    राष्ट्रपतिको सो धारणापछि अनेक कोणबाट उहाँको आलोचना सुरू भएको छ । विभिन्न नारीवादी सङ्गठनहरूले चर्को स्वरमा उहाँको सो अभिव्यक्ति गैरजिम्मेवार ठहर गर्दै यौनहिंसा पीडितको मनोविज्ञान नबुझेको र पीडितको विपक्षमा रहेको समेत आरोप लगाएका छन् । 

    करिब २०० भन्दा बढी चलचित्र र टिभि शृङ्खलाहरू बनाएका डेपार्डियोलाई सन् २०२० मा बलात्कारको आरोप लागेको थियो । उनीमाथि थुप्रै महिलाहरूले यौन उत्पीडन र आक्रमण गरेकोको आरोप लगाएका थिए ।

    सन् २०१८ मा उत्तर कोरियाको यात्राका क्रममा क्यामेरामा कैद गरिएका यौनजन्य टिप्पणीमा उनी हाल छानबिनको घेरामा परेका छन् । यसै महिनाको सुरूमा राष्ट्रिय टेलिभिजनमा पहिलो पटक प्रसारण गरिएको यस विषयले धेरैको ध्यान खिचेको थियो र थुप्रै आलोचना पनि खेपेको थियो ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij