मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

विश्वविद्यालयमा गोली चल्नु दुःखद् : गुटेरेस 


  • 280
    SHARES
  • https://indrenipost.com/posts/5648
    पुष ६, २०८० शुक्रबार
    विश्वविद्यालयमा गोली चल्नु दुःखद् : गुटेरेस 

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले चेक गणतन्त्रको राजधानी प्रागस्थित विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन् । 

    महासचिवले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता स्टेफन दुजारिकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

    महासचिवका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले चेक गणतन्त्रका जनता र सरकारप्रति आफ्नो पूर्ण ऐक्यबद्धता पनि दोहो¥याएका छन् । 

    प्रागस्थित चाल्र्स युनिभर्सिटीमा बिहीबार एक संदिग्धले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएका थिए ।  

    चेक सरकारले बिहीबार राति गोली काण्डमा मारिएकाहरूको सम्झनामा शनिबार एक दिनको शोकको घोषणा गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij