मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

इजरायल-हमास युद्ध : अल-बुर्स परिवारका १६ जना मारिए, ५० जना घाइते


  • 415
    SHARES
  • https://indrenipost.com/posts/5657
    पुष ६, २०८० शुक्रबार
    इजरायल-हमास युद्ध : अल-बुर्स परिवारका १६ जना मारिए, ५० जना घाइते

    इजरायली सेनाको आक्रमणाबाट अल–बुर्स परिवारका कम्तीमा १६ जनाको मृत्यु भएको दाबी गरिएको छ । 

    इजरायली सेनाले जबलिया सहरको पुरानो गाजा स्ट्रिटमा रहेको अल–बुर्स परिवारको घरलाई निशाना बनाएर आक्रमण गर्दा सो परिवारका कम्तिमा १६ जनाको मृत्यु भएको र अन्य ५० जना घाइते भएका बताइएको छ ।   

    यसअघि स्वास्थ्य मन्त्रालयका महानिर्देशक मुनिर अल–बुर्स आफ्नी बहिनीको घरमा इजरायली आक्रमणपछि गम्भीर घाइते भएको बताइएको थियो ।

    मारिनेमा उनकी छोरी पनि थिइन् ।   यसैबीच, इजरायली सेनाले गाजा शहरको शेख रदवान जिल्लाको अबु इस्कन्दर क्षेत्रमा रहेको एउटा घरमा बमबारी गर्दा थप ९ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij