मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

दशकमा पहिलोपटक सन् २०२३ मा चीनको वायु प्रदूषण झन् खराब


  • 460
    SHARES
  • https://indrenipost.com/posts/5660
    पुष ६, २०८० शुक्रबार
    दशकमा पहिलोपटक सन् २०२३ मा चीनको वायु प्रदूषण झन् खराब

    चीनको वायु प्रदूषण सन् २०२३ मा अझ खराब भएको शुक्रबार जारी एक अध्ययनमा बताइएको छ ।

    एक दशकमा पहिलोपटक चीनको वायु प्रदूषण अझ खराब भएको हो ।

    स्वतन्त्र अनुसन्धान सङ्गठन सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सिआरइए) को अध्ययनमा भनिएको छ, सन् २०१३ मा चीनको ‘प्रदूषणविरुद्धको युद्ध’ को प्रारम्भ भएदेखि चीनको राष्ट्रिय औसत पिएम२.५ स्तर वार्षिकरूपमा बढेको सन् २०२३ पहिलो वर्ष हो ।

    अमेरिकी पर्यावरण संरक्षण एजेन्सीका अनुसार यदि पिएम२.५ कणहरू साससँगै शरीरभित्र गयो भने यसबाट गम्भीर स्वास्थ्य जोखिम हुनसक्छ ।

    यसबाट मुटु तथा फोक्सोका बिरामीमा अकाल मृत्युका साथै सास फेर्न र अन्य स्वास्थ्य समस्या देखिन सक्छ ।

    प्रतिकूल मौसमको अवस्थाका अतिरिक्त मानवसृजित उत्सर्जनमा भएको समग्र वृद्धिले प्रदूषण स्तरलाई अझ बढाएको छ, सिआरआइएले भनेको छ ।

    राजधानी बेइजिङसहित चिनियाँ सहरहरू कुनै समय बाक्लो धुवाँका लागि बदनाम थिए ।

    यसबाट ती सहरका बासिन्दाहरूलाई विशेषगरी जाडोयाममा त्रसित बनाएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij