मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

गाजामा इजरायलको आक्रमण– ४८ घण्टामा ३९० प्यालेस्टिनीको मृत्यु


  • 658
    SHARES
  • https://indrenipost.com/posts/5669
    पुष ७, २०८० शनिबार
    गाजामा इजरायलको आक्रमण– ४८ घण्टामा ३९० प्यालेस्टिनीको मृत्यु

    इजरायलको आक्रमणमा परी गाजापट्टीमा ३९० प्यालेस्टिइनीको मृत्यु भएको छ भने ७३४ जना घाइते भएका छन् ।


    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो ४८ घण्टाको अध्यावधिक तथ्यांक हो ।

    इजरायलले विगत दुई दिनदेखि गाजापट्टीको अधिकांश क्षेत्रमा हवाई, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ ।


    त्यस्तै रफाह बाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र सशस्त्र प्यालेस्टिनी गुटबीच लडाइँ जारी रहेको स्रोतले जनाएको छ ।

    गत अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरू भएदेखि गाजापट्टीमा कम्तीमा २० हजार ५७ जना प्यालेस्टिनी मारिएको मन्त्रालयले जनाएको छ । ५३ हजार ३२० जना घाइते भएका छन् ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij