मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

गाजामा मारिए १३६ जना कर्मचारी


  • 424
    SHARES
  • https://indrenipost.com/posts/5688
    पुष ८, २०८० आइतबार
    गाजामा मारिए १३६ जना कर्मचारी

    इजरायल र हमासबीच जारी द्वन्द्वमा पछिल्लो ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारीको ज्यान गएको छ ।

    साथै थुप्रै कर्मचारीहरूले काम छोड्न वाध्य भएको पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताका छन् ।

    गुटेरेसले विश्व संगठनको लामो इतिहासमा यसका कर्मचारीको यति ठूलो हताहतको संख्या अहिलेसम्म कहिल्यै नभएको बताएका हुन् ।

    गाजामा हाम्रा १३६ जना सहकर्मीहरू ७५ दिनमा मारिएका छन् ( जुन हामीले संयुक्त राष्ट्रसंघको इतिहासमा कहिल्यै देखेका थिएनौं । हाम्रा अधिकांश कर्मचारीहरूलाई उनीहरूको घरबाट जबरजस्ती भगाइएको छ, महासचिव गुटरेसले ट्विटरमा लेखेका छन् ।

    ‘म ती व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु,’ उनले लेखेका छन् । गत अक्टोबर ७ मा हमासको आक्रमणपछि जारी द्वन्द्वमा हजारौ सशस्त्र र निहत्था जनताको ज्यान गएको छ ।

    करिब २ हजार ५०० आतङ्ककारीहरूले गाजा पट्टीबाट इजरायलतर्फको सीमा तोडेर सयौंको हत्या गर्दै थुप्रै व्यक्तिहरूलाई कब्जामा लिएपछि इजरायल(हमास द्वन्द्वले चरम ध्वंसात्मक रूप लिएको छ ।

    त्यस आक्रमणपछि इजरायलले हमासको पूर्वाधारलाई लक्षित गरी सम्पूर्ण आतङ्ककारी समूहलाई नष्ट गर्ने भन्दै आक्रमणलाई तिरन्तरता दिएको छ ।

    इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले गाजा शहरको शेजैया छिमेकमा पूर्ण सञ्चालनात्मक नियन्त्रण स्थापना गरेको बताएको छ । जसले हमासविरुद्धको भूमि आक्रमणका क्रममा भीषण लडाइँको सामान गरिरहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij