प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार आगामी क्रिसमसको दिन गाजा र कब्जा गरिएको प्यालेटिनी क्षेत्रका बाँकी भूभागमा द्वन्द्व अन्त्यको दिन हुने आशा व्यक्त गरे ।
यो हमला, जबरजस्ती विस्थापन र हजारौँ घरलाई ध्वस्त पार्ने प्रयासबाट हाम्रा कुनै पनि व्यक्ति अछूतो रहेनन्, क्रिसमसका अवसरमा उनले एक भाषणमा भने, रगतको खोलो, ठूलो बलिदान, पीडा र आफ्नो भूमिमा प्यालेस्टिनी जनताको वीरतापूर्ण दृढ स्वतन्त्रता तथा मर्यादाको बाटो हो ।
गाजास्थित स्वास्थ्य मन्त्रालयले आइतबार गाजापट्टीमा जारी इजराइली हमलामा पछिल्लो २४ घन्टामा कम्तीमा एक सय ६६ प्यालेस्टिनीको मृत्यु र तीन सय ८४ जना घाइते भएको जनाएको छ ।
प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार गाजापट्टीका अधिकांश भागमा हवाई, स्थल र समुद्रबाट तीव्र इजराइली बमबारीका साथै भूमिगत कारबाही जारी रहँदा त्यतिका सङख्यामा प्यालेस्टिनीको ज्यान गएको हो ।
अल–जायटोन छिमेकको पूर्वी बाहिरी इलाका र गाजा सहरको दक्षिणी इलाकामा पछिल्लो केही घन्टामा सबैभन्दा तीव्र झडपहरू भएको र यसक्रममा विस्फोटको आवाज पनि सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।