मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

दक्षिण कोरियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते


  • 577
    SHARES
  • https://indrenipost.com/posts/5717
    पुष ९, २०८० सोमबार
    दक्षिण कोरियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते

    सियोलस्थित २७ तले अपार्टमेन्ट भवनको तेस्रो तल्लामा सोमबार भएको आगलागीमा दुई जनाको मृत्यु हुनुका साथै २९ जना घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

    स्थानीय समयअनुसार बिहान ४ः ५७ बजे शुरू भएको आगलागीमा परी घाइते भएका ३० बर्षीय दुई पुरूष र एक ७० बर्षीय महिलालाई अस्पताल लगिएको थियो भने उनीहरूमध्ये दुई जनाको मृत्यु भएको हो ।

    आगलागीबाट निस्किएको धुुवाँका कारण श्वासप्रश्वासका लागि अक्सिजन कमी भई अर्धचेत अवस्थामा उद्धार गरिएका २८ जनामध्ये २० जनालाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ भने आठ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

    करिब दुई सयभन्दा बढी कर्मचारी तथा ५७ वटा दमकलको सहयोगमा तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारणबारे प्रहरी अनुसन्धान सुरू भइसकेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij